मूलपानी, ८ भदौ : भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित बेसी क्षेत्रका बासिन्दाहरू यतिबेला खोलाको कटानले त्रासमा छन्। अबिरल वर्षासँगै उर्लिएको मनोहरा खोलाले बस्ती नजिकैको जमिन बगाउँदा स्थानीयहरू जोखिमको भूमरीमा परेका छन्।