भक्तपुर, ५ साउन : भक्तपुरको चाँगुनारायण अस्पतालमा मर्मतका कारण केही समय बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा आएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार प्लान्टको मर्मत कार्य सम्पन्न भइसकेकोले अब नियमित रूपमा अक्सिजन उपलब्ध गराइनेछ।

यसअघि प्राविधिक मर्मतका लागि बन्द गरिएको प्लान्ट सञ्चालनमा आएपछि अस्पतालको सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।



