सूत्र प्रणालीमा प्राविधिक समस्या, चाँगुनारायणमा साउन ८ सम्म राजस्व संकलन सेवा स्थगित

भक्तपुर, साउन ६ : स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा देखिएको प्राविधिक समस्याका कारण चाँगुनारायण नगरपालिकाले साउन ८ गतेसम्म राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको छ।

चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खरिपाटी, भक्तपुरले जारी गरेको सूचनाअनुसार गत आर्थिक वर्षको हिसाब मिलान, चालु आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐन प्रविष्टि तथा राजस्व संकलन लगायतका कार्यमा समस्या उत्पन्न भएकाले नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयबाट हुने राजस्व संकलन सेवा अस्थायी रूपमा स्थगित गरिएको हो।

नगरपालिकाले सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै SuTRA प्रणालीको प्राविधिक समस्या समाधान भएलगत्तै सेवा पुनः सञ्चालन गरिने जनाएको छ।