चाँगुनारायणमा घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा: बागेश्वरीमा ११० जना लाभान्वित


बागेश्वरी, पौष ३ : चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरूमा विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत बागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।


शिविरमा गर्भवती महिलाको स्वास्थ्य परीक्षण, प्रोस्टेट परीक्षण, निःशुल्क भिडियो एक्स–रे (USG), VIA परीक्षण, इम्प्लान्ट, IUCD तथा महिलासम्बन्धी अन्य सेवाहरू प्रदान गरिएको थियो।

सेवा विवरणअनुसार ३ जना गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेसहित विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराएका छन्। ४० जनाले निःशुल्क भिडियो एक्स–रेसहित प्रोस्टेट परीक्षण सेवा लिएका छन्।

जम्मा ४३ जनाले भिडियो एक्स–रे (USG) सेवा प्राप्त गरेका छन्। VIA परीक्षण ७१ जनाले गराएका छन्। Ring Pessary सेवा ७ जनाले लिएका छन्। Uterus Prolapse को सेवा १ जनाले प्राप्त गरेका छन्।

नगरपालिकाले नागरिकको पहुँचमै गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ। स्थानीयवासीहरूले घरदैलोमै विशेषज्ञ सेवा पाउँदा खुशी व्यक्त गरेका छन्।