चाँगुनारायण नगरपालिकाको १८ औँ नगरसभा आह्वान

भक्तपुर: चाँगुनारायण नगरपालिकाको १८ औँ नगरसभा आह्वान गरिएको छ। नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा आगामी असार १० गते बुधबार नगरसभा बस्ने भएको हो।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सूचना जारी गर्दै नगरसभाको औपचारिक आह्वान गरिएको जानकारी दिनुभएको छ ।नगरसभा चाँगुनारायण नगरपालिका, चाँगुनारायण हल, खरिपाटी, भक्तपुरमा अपराह्न ३:०० बजे बस्नेछ।

नगरसभामा आगामी आर्थिक वर्षका नीति, बजेट तथा विकास योजनाहरू, सेवा प्रवाह सुधार तथा स्थानीय विकाससँग सम्बन्धित विषयमा विस्तृत छलफल हुने जनाइएको छ।