चाँगुनारायणका सहकारी संस्थाहरुलाई ‘पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम’, मापदण्ड पालनामा सचेत रहन मेयर खत्रीको आग्रह

खरीपाटी: चाँगुनारायण नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाको सहकारी शाखाको आयोजनामा पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको दिइएको हो ।

पर्ल्स प्रणालीले सहकारी कस्तो अवस्थामा चलेको छ भन्ने कुरा पत्ता लाग्छ । नाफा, घाटाको अवस्था र उठाउन बाँकी ऋण लगायतका विषयमा जानकारी मिल्छ र भविष्यमा सहकारी संस्थाको रणनीति बनाउन सक्ने भएकाले यसलाई सहकारीको मुटु मानिन्छ ।

पल्र्स प्रणालीले दीर्घकालीन रूपमा सहकारीले सुधार गर्नुपर्ने सूचकहरूको समयमै जानकारी दिने हुँदा भविष्यमा हुने भवितब्य सावधानी गर्दछ ।

त्यस्तै, नगरपालिकाले चौमासिक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । नगरभरिका सहकारी संस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा बोल्नहुँदै नगर प्रमुख खत्रीले नगरभित्रका सहकारीमा कुनै समस्या नरहेको र आगामी दिनमा पनि कुनै समस्या आउँन नदिन नियमीत रुपमा सचेत गराउने कार्य भइरहेको स्पष्ट पार्नुभयो ।

नगर प्रमुख खत्रीले सहकारी उद्देश्य, मापदण्ड, नीति नियम तथा पालना गर्नुपर्ने कर्तब्यका बारेमा सबै जना जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगर स्तरीय सहकारी संघका अध्यक्ष प्रल्हाद बास्तोलाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम सहकारी शाखा प्रमुख शर्मीला पोखरेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।