चाँगुनारायण नगरभित्रका सहकारी संस्थाहरुलाई ‘सम्पत्ति सुद्धीकरण’ सम्बन्धी दुई दिने अभिमूखीकरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले सहकारी संस्थाहरुलाई सम्पत्ति सुद्धीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाको सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा ४५ वटा सहकारी संस्थाका अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका अधिकृत सुरज पौडेल, चाँगुनारायण नगर सहकारी संघका अध्यक्ष पर्लाद बास्तोला र सहकारी शाखा प्रमुख शर्मीला पोखरेलले प्रशिक्षण दिनु भएको थियो ।

नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको समस्या पत्ता लगाई समाधानका लागि निरन्तर अनुगमन र सीप विकास तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि सहकारीका प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको छ । त्यस्तै, क्रैमासिक रुपमा अन्तरक्रिर्या तथा लेखा ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

नगरपालिकाभित्र ७१ वटा सहकारीहरु सूचीकृत रहेका छन् । नगरपालिकामा सानादेखि १ अर्बभन्दा बढी कारोबार गर्ने नमूना सहकारी रहेका छन् ।