खरीपाटी: चाँगुनारायण नगरपालिका–७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित श्रीकृष्ण क्याम्पसले शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले प्रथम श्रेणीमा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभयो ।

यस अवसरमा तीन जना उत्कृष्ट विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको हो। प्रथम वर्षकी याहुष नेपाली र सीता खत्री, तृतीय वर्षका सागर गिरीलाई सम्मान गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले क्याम्पसले शैक्षीक क्षेत्रमा प्रगति गर्दै आइरहेको बताउनुभयो । नगरपालिकाले क्याम्पसको शैक्षीक तथा भौतीक विकासमा आवश्यक बजेटको ब्यवस्थापन गर्दै आइरहेको र आगामी दिनमा निरन्तर सहयोग जारी राख्ने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधाकृष्ण लामिछानेको सभापतीत्वमा सम्पन्न कार्यक्रममा श्रीकृष्ण मावि पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष पुरुषोतम अधिकारी, प्रधानाध्यापक श्याम श्रेष्ठ, क्याम्पस संचालक समितिका सदस्य अच्चुत अधिकारी, स्कुल ब्यवस्थापन समितिका अध्यक्ष मनोज गिरी, क्याम्पस प्रमुख काजी खत्रीलगायतले क्याम्पसको विविध पक्षका विषयमा बोल्नु भएको थियो ।

