बाल्टिमोर: नगरकोट भ्रमण वर्ष -२०८२ को अमेरिकामा पनि प्रचार प्रसार गरिएको छ । विशेष गरि अमेरिकामा बस्दै आउनु भएको चाँगुनारायण नगरका सुशिल खत्री लगायतको टिमले अमेरिकाका विभिन्न ठाउँमा नगरकोट भ्रमण वर्षको प्रचार प्रसार गर्नु भएको हो ।

त्यसैसिलसिलामा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलगायत जनसम्पर्क समितिका पदाधिकारीहरुलाई भ्रमण वर्ष अंकृत टिर्सट वितरण गर्नु भएको छ ।
खत्री जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्य तथा भर्खरै सम्पन्न बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को निर्वाचनमा सचिव पदमा निर्वाचीत हुनु भएको छ ।

सो अवसरमा सभापति विष्टले अमेरिकामा बस्ने सबै गैर आवासीय नेपालीहरुलाई नगरकोट भ्रमण वर्षको प्रचार प्रसार गरि नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

