भक्तपुरमा राप्रपाका उम्मेदवार चयन, क्षेत्र नं १ मा खड्का र २ मा थापा

भक्तपुर, ४ माघ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ।

पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं. १ मा पूर्व उपरथी भरत बहादुर खड्का र क्षेत्र नं. २ मा अधिवक्ता विक्रम थापा उम्मेदवार चयन भएका हुन्।

राप्रपाले राष्ट्रको अस्मिता, राजसंस्था, धर्म–संस्कृति र भावी पुस्ताको भविष्यका लागि हलो चिन्हमा मतदान गर्न आम मतदातासमक्ष अपिल गरेको छ।