भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित विजयी, नेमकिपाको किल्ला भत्कियो

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जित विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल ले २८ हजार १४७ मत प्राप्त गरेका छन्।

भक्तपुर–१ लाई विगत लामो समयदेखि नेमकिपाको बलियो आधार क्षेत्र मानिँदै आएको थियो। २०४८ सालदेखि लगातार नेमकिपाले जित्दै आएको यस क्षेत्रमा यसपटक भने परिणाम फेरिएको छ।

मतगणना सुरु भएदेखि नै रास्वपाका उम्मेदवार रञ्जितले निरन्तर अग्रता कायम राख्दै आएका थिए। अन्ततः उनले उल्लेखनीय मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

यस नतिजासँगै भक्तपुरको राजनीतिक समीकरणमा महत्त्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ। लामो समयदेखि एउटै दलको प्रभाव रहेको क्षेत्रमा यसपटक मतदाताले नयाँ विकल्प रोजेको देखिएको छ।

भक्तपुर १ को अन्तिम मतपरिणाम