दुवाकोट,७ पौष: राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् अन्तरविद्यालय खेलकुद प्रतियोगिता २०८२ मा मित्रश्री पाठशाला ले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतियोगितामा विद्यालयले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै १५ पदक जित्न सफल भएको छ।

छात्रा फुटसलतर्फ मित्रश्री पाठशालाले स्वर्ण पदक जित्दै उत्कृष्ट टोलीको रूपमा आफूलाई स्थापित गरेको छ। सोही खेलतर्फ दीपिका के.सी. उत्कृष्ट खेलाडी घोषित भइन् भने काव्या चौलागाईं सर्वाधिक गोलकर्ता बन्न सफल भइन्। मार्चपास प्रतियोगितामा पनि विद्यालयले प्रथम स्थान हासिल गर्दै अनुशासन र समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गर्यो।

एथलेटिक्सतर्फ छात्र हाई जम्प र छात्रा जाभेलिन थ्रोतर्फ स्वर्ण पदक जित्न सफल हुँदा छात्रा ट्रिपल जम्प र छात्रा हाई जम्पतर्फ रजत पदक प्राप्त भएको छ। छात्रा लङ जम्पतर्फ कास्य पदक विद्यालयको खातामा थपिएको छ।

तेक्वान्दो विधामा मित्रश्री पाठशालाले विशेष सफलता हात पार्न सफल भयो ।यसका साथै मित्रश्री डोजाङ उत्कृष्ट तेक्वान्दो टोली घोषित भयो भने एलजिना खड्का उत्कृष्ट ताइक्वान्दो खेलाडीको उपाधिबाट सम्मानित भइन्।

विद्यालयले आगामी दिनमा पनि खेलकुदसँगै शैक्षिक तथा सर्वाङ्गीण विकासमा यस्तै उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।



