राष्ट्रपति रनिङ शिल्डमा फुलब्राइट स्कुल २२ पदकसहित उत्कृष्ट दशमा

झौखेल,७ पौष : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत् खेलकुद प्रतियोगितामा वडा नंं ३ स्थित फुलब्राइट स्कुलले उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रतियोगिताका विभिन्न खेल विधामा सहभागिता जनाउँदै फुलब्राइट स्कुलले ४ स्वर्ण, ३ रजत र १५ कास्य गरी कुल २२ पदक जित्न सफल भई उत्कृष्ट १० विद्यालय भित्र आफ्नो स्थान सुरक्षित गरेको हो।

प्रतियोगिताभर अनुशासन, खेलभावना र उत्कृष्ट कौशल प्रस्तुत गर्दै विद्यार्थी खेलाडीहरूले विद्यालयको गौरव बढाएका छन्। यस सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण पदक विजेता तथा सहभागी विद्यार्थी खेलाडीहरूलाई विद्यालय परिवारले बधाई ज्ञापन गरेको छ।

साथै, खेलाडीहरूको क्षमता अभिवृद्धिमा निरन्तर मार्गदर्शन गर्दै आएका प्रशिक्षकहरू श्याम भडेल, स्विटी गेलाल र टिकादत्त दाहाल प्रति धन्यवाद व्यक्त गरिएको छ।

खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउँदै आएका सम्पूर्ण शिक्षक तथा अभिभावकहरूको योगदानप्रति पनि विद्यालयले आभार प्रकट गरेको छ।

यस उपलब्धिले फुलब्राइट स्कुलको खेलकुद क्षेत्रमा बढ्दो सक्रियता र प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।