राष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्ण माविलाई लगातार चौथो उपाधि, उत्कृष्ट १० मा को–को परे ?

खरीपाटी (भक्तपुर), ६ पौष । चाँगुनारायण नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगिताको समग्र पदक तालिका अनुसार श्रीकृष्ण माध्यमिक विद्यालयले १३ स्वर्ण, ११ रजत र १ कास्य गरी कुल २५ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ। श्रीकृष्णको यो सँगै लगातार चार वर्षदेखि उत्कृष्ठ बन्दै आएको छ ।

त्यस्तै, चाँगुनारायण माध्यमिक विद्यालयले ७ स्वर्ण, १ रजत र ६ कास्यसहित १४ पदक जितेर द्वितीय स्थान तथा महेन्द्र ग्राम माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ६ कास्य गरी १७ पदकका साथ तृतीय स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा प्रज्ञा इङ्लिस स्कुल ले १५ पदकसहित चौथो स्थान हासिल गर्दा गोल्डेन सुनगाभा इङ्लिस स्कुल १७ पदकसहित पाँचौँ स्थानमा रह्यो। त्यसैगरी त्रिपुरेश्वर मावि, ऋत्मभरा पाठशाला, सरस्वती मावि, देवी मावि, गणेश मावि–५ तथा फुलब्राइट स्कुलले पनि उल्लेखनीय पदक जित्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए।

सोही अवसरमा श्रीकृष्ण विद्यालयलाई नगद १ लाखसहित सम्मान समेत गरिएको छ । नगर उपप्रमुख रमेश बुढाथोकले पुरस्कार वितरण गर्नुभएको थियो ।

विभिन्न विधाको पुरस्कार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका, सामाजीक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्री, वडा नंं ४ का वडाध्यक्ष रोज बहादुर तामागं, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जर्नादन शर्मां, कार्यपालिका सदस्य कमला गिरी भारती, कांग्रेस नगर सभापति शिवहरी केसी, रास्वपाका नगर अध्यक्ष रोशन थापा, राप्रपाका नगर अध्यक्ष रमेश अधिकारी, शिक्षा समिति, खेलकुद समितिका सदस्यहरु, विभिन्न शिक्षासँग सम्बन्धीत ब्यक्तीत्वहरुले संयुक्त रुपमा वितरण गर्नु भएको थियो ।

त्यस्तै,चाँगुनारायण नगरबाट विभिन्न देशमा आयोजना भएको प्रतियोतिामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरु सुस्मिता तामागं, करुणा राउत भारती, रघु केसी, पुजा खडका र रोचक भारतीलाई नगद ५१ हजारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुर प्रमुख कमला ज्ञवाली, नगर उपप्रमुख बुढाथोकी, वडाध्यक्ष खडका, कार्यपालिका सदस्य भारती, नेपाली कांग्रेसका नगर सभापति केसीलगायतले विजयी खेलाडी तथा विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रमा नगरपालिकाले अझै प्रगति गर्दै जाने विश्वास ब्यक्त गर्नु भएको थियो ।

यो वर्षको प्रतियोगितामा कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन र फुटसल लगायतका खेलहरू समावेश थिए।

३५ विद्यालयका २ हजार ६० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहको उत्साहजनक सहभागिता देखिएको थियो।

🏅 राष्ट्रपति रनिङ शिल्ड – उत्कृष्ट १० विद्यालय (पदकका आधारमा)

1️⃣ श्रीकृष्ण माध्यमिक विद्यालय – 🥇🥈🥉 जम्मा २५ पदक (प्रथम)
2️⃣ चाँगुनारायण माध्यमिक विद्यालय – (द्वितीय)
3️⃣ महेन्द्र ग्राम माध्यमिक विद्यालय – (तृतीय)
4️⃣ प्रज्ञा इङ्लिस स्कुल – (चौथो)
5️⃣ गोल्डेन सुनगाभा इङ्लिस स्कुल – (पाँचौँ)
6️⃣ मित्रश्री पाठशाला – (छैटौँ)
7️⃣ ऋतम्भरा पाठशाला – (सातौँ)
8️⃣ देवी माध्यमिक विद्यालय –(आठौँ)
9️⃣ गणेश माध्यमिक विद्यालय–५ – (नवौँ)
🔟 फुलब्राइट स्कुल – दशौँ)

त्यस्तै, मार्चपासमा पहिलो पटक गरिएको मूल्यांकनमा मित्रश्री पाठशाला प्रथम, ऋतम्भरा पाठशाला द्धितीय, गोल्डेन सुनगाभा ई स्कूल तृतीय र पञ्चकन्ण मावि चौथो स्थान हासिल गर्न सफल भएका छन् उनीहरुलाई पनि सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

नगर खेलकुद विकास समितिका संयोजक रघु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम रञ्जना सापकोटा र अनुपा लामिछानेले संचालन गर्नुभएको थियो।