भक्तपुर, चाँगुनारायण। आर्थिक वर्ष २०८२/०८३ का लागि चाँगुनारायण नगरपालिकामा स्वीकृत योजनामध्ये १०४ वटा योजनाको सम्झौता सम्पन्न भएको छ।
नगरपालिकाको योजना शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नौ वटै वडामध्ये वडा नं. ७ र वडा नं. ९ सम्झौता प्रक्रियामा अग्रपंक्तिमा देखिएका छन्।
वडागत सम्झौता स्थिति यस्तो छ :
वडा १ – ०
वडा २ – १
वडा ३ – ३
वडा ४ – १७
वडा ५ – ६
वडा ६ – १४
वडा ७ – २५
वडा ८ – ०
वडा ९ – २४
यस मध्ये वडा नं. ७ ले सबैभन्दा बढी २५ योजना सम्झौता गरेको छ भने वडा नं. १ र ८ मा अहिलेसम्म एउटा पनि योजना सम्झौता भएको छैन।
नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार २०८२/०८३ का योजनाहरू उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सञ्चालन हुने भएकाले सम्बन्धित समितिहरूले आवश्यक कागजातसहित सकेसम्म छिटो योजना शाखामा उपस्थित भई सम्झौता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । ।
जेठ मसान्तसम्म सम्झौता भइसकेका योजनाहरूको भुक्तानी र रकम निकासीमा सहजता हुने नगरपालिकाले जनाएको छ।। सम्झौता ढिलाइ भएमा योजना कार्यान्वयनमा असर पर्ने चेतावनी पनि नगरपालिकाले दिएको छ।
नगरपालिकाले अझै सम्झौता गर्न बाँकी रहेका सबै वडा र समितिलाई “समयमै सम्झौता सम्पन्न गरी योजना कार्यान्वयन अघि बढाउन” अनुरोध गरेको छ।




