चाँगुनारायणमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती प्रथम, नवीन द्वितीय र फुलब्राईट तृतीय, क्षेत्रमा कुन विद्यालय के भए ?

चाँगुनारायण (हेलमेटडाँडा): चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। उपप्रमुख रमेश बुढाथोकीले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै सहभागीहरूलाई हौसल्ला प्रदान गर्नुभयो।

प्रतियोगितामा वडा नं १ देखि ९ का विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। नगरस्तरीय नतिजा अनुसार प्रथम स्थान सरस्वती माध्यमिक विद्यालय, द्वितीय नवीन ई.स्कुल र तृतीय फुलब्राईट स्कुल रहेको छ।

वडा अनुसार क्षेत्रस्तरीय नतिजा पनि प्रकाशन गरिएको छ। वडा नं १, २ र ३ मा प्रथम नवीन ई.स्कुल, द्वितीय फुलब्राईट स्कुल र तृतीय प्रज्ञा ई.स्कुल रहेका छन्।

वडा नं ४, ५ र ६ मा दीप सरस्वती ई.स्कुल पहिलो, क्वालिटी ई.स्कुल दोस्रो र गणेश माध्यमिक विद्यालय–५ तृतीय भएका छन्। वडा नं ७, ८ र ९ मा आरक्षण नेशनल एकेडेमी पहिलो, सरस्वती माध्यमिक विद्यालय दोस्रो र पारिजात विद्या कुञ्ज तृतीय भएको छ।

नगरपालिकाले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै भविष्यमा यस्ता कार्यक्रमले विद्यार्थीमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।