झझल्को साकोसको १८ औं वार्षिक साधारण सभा सम्पन्न, केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

भक्तपुर (खरीपाटी) : झझल्को बचत तथा ऋण सहकारी संस्था लि.को १८औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । सभाले प्रदिप केसीको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन गरिएको छ । चाँगुनारायण नगरपालिका–५, खरिपाटीमा अवस्थित साकोसको शनिबार सम्पन्न साधारणसभाबाट केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

संचालक समितिको उपाध्यक्षमा सुरज बास्तोला, सचिवमा राजकुमार लामिछाने र कोषाध्यक्षमा बोधनाथ लामिछाने सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

त्यस्तै, संचालक समिति सदस्यमा माधव वन, पवित्रा तिमिल्सिना, रविता कार्की, हरिप्रसाद कुईकेल तथा श्यामसुन्दर अधिकारी आदरपूर्वक चयन हुनु भएको हो।

लेखा सुपरिवेक्षण समितिमा संयोजकका रूपमा पुर्णबहादुर श्रेष्ठ तथा सदस्यहरूमा रमेश लामिछाने र धनबहादुर वाइबा सम्मानपूर्वक चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन सहकारी शेयर सदस्य जीवन खत्रीले गर्नु भएको थियो । खत्री संस्थाको ४२ नंं शेयर सदस्य एवं चाँगुनारायण नगरपालिकाको नगर प्रमुख खत्री समेत हुनुहुन्छ । सो अवसरमा खत्रीले सबैका सामूहिक प्रयास र एकजुट भएर अगाडि बढेकै कारण संस्थाले निरन्तर प्रगति गर्दै आएकोमा खुसी ब्यक्त गर्दै नवनर्विाचीत समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

संस्थाका अनुसार हाल ३ हजार ८७१ जना शेयर सदस्यहरू रहेका छन् भने शेयर पूँजी ३ करोड ४० लाख रुपैयाँ पुगेको छ। संस्थाको वासलात ५२ करोड ५४ लाख रुपैयाँ रहेको जनाइएको छ।

सहकारीले बचत जमानतमा अधिकतम ३ लाख रुपैयाँ र धितो जमानतमा अधिकतम ५५ लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध गराउँदै आएको छ।

झझल्को वचत तथा ॠण सहकारी सस्था लि.को १८ औ वार्षिक साधारण सभा ७१ दशमलव ७१ प्रतिशत २ हजार ७४० जना शेयर सदस्य महानुभावहरुको उल्लासपुर्ण उपस्थितिमा सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको हो ।

स्थानीय स्तरमा वित्तीय पहुँच विस्तार गर्दै सदस्यको समृद्धिमा योगदान पुर्‍याउँदै आएको यो संस्था,आगामी दिनमा अझ पारदर्शी र उत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धताका साथ अघि बढ्ने अपेक्षा गरिएको छ।