
काठमाडौं : जेनजीको आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । नेपाल होटल सङ्घका अनुसार सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल रहेका छन् । ती प्रतिष्ठानहरूमा तोडफोड, आगजनी र लुटपाट भएको छ ।
काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा आवश्यकता रहेको बताउनुभयो । ‘पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको बभन्दै विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको बताउनुभयो । सरकारले घटनाको निष्पक्ष अनुसन्धान गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग व्यवसायीहरूबाट उठिरहेको छ।