झझल्को सहकारीको १८ औं वार्षिक साधारण सभा आगामी असोज ११ गते हुने

चाँगुनारायण, भदौ १० – झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आगामी असोज ११ गते शनिबार आयोजना गर्ने भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–५ स्थित श्रीकृष्ण माविको प्रांगण खरीपाटीमा गर्ने तय भएको हो ।

संस्थाका सचिव सुरज बास्तोलाद्धारा हस्ताक्षरित सूचना अनुसार ४७५ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस पटकको साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आय–व्यय विवरण र आगामी वर्षको अनुमानीत बजेटलगायत विषय प्रस्तुत गरी निर्णय गरिनेछ। कार्यक्रम १० बजेदेखि शूरु हुनेछ ।

साधारण सभामा सहभागी हुन सम्पूर्ण सेयर सदस्यहरूलाई संस्थाले आह्वान गरेको छ। गत वर्षको प्रगति मूल्याङ्कन गर्दै आगामी वर्षलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ वार्षिक साधारण सभा हुने संस्थाले जनाएको छ।

झझल्को सहकारीले स्थानीय समुदायमा बचत तथा ऋण कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।