चाँगुनारायण क्षेत्रका विद्यार्थीका लागि नेपाल इन्जिनियरिङ कलेजमा छात्रवृत्तिको अवसर, सात दिनभित्र निवेदन दिन आह्वान

भक्तपुर (चाँगुनारायण), साउन १९ : चाँगुनारायण नगरपालिकाले वडा नंं ४ मा अवस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्न चाहने नगरभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै चालू शैक्षीक वर्ष २०८२ का लागि अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन दिन भनेको हो ।

नगरपालिकाले सम्बन्धित विद्यार्थीहरूलाई आवश्यक कागजातसहित सात दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ।

आवेदनका लागि अनिवार्य कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, स्थानीय बासोबासको सिफारिस, जनजाती, दलित खुल्ने प्रमाणपत्र, शैक्षिक योग्यता प्रमाणपत्र, गरिब तथा जेहेन्दारको सिफारिस लगायत अन्य आवश्यक कागजात समावेश गर्नुपर्ने जनाइएको छ।

नगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक विनेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा योग्य विद्यार्थीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरिएको छ।