झझल्को साकोसद्धारा २० जना जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

खरीपाटी : झझल्को बचत तथा ऋण सहकारी संस्थाले सामुदायीक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले सहकारी संस्थाले बचत संकलन र ऋण लगानी गर्ने मात्र कार्य नगरी सामाजीक कार्य पनि गर्दै आएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले यस्तै रचनात्मक कार्य गर्दै सिपमूलक र आयमूलक कार्यमा पनि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका सचिब सुरज बास्तोलाका अनुसार सहकारी संस्थाले ४ सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार २० जना छात्र तथा छात्राहरुरुलाई जनही ्पाँच हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।