चाँगुनारायणका मेयर खत्रीद्धारा पदालीको सहरी स्वास्थ्य केन्द्र उद्घाटन

पदाली: चाँगुनारायण नगरपालिका वडा न. ७ पदालीस्थित शहरी स्वास्थ्य केन्द्र को सेवा संचालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि सेवा संचालनमा आएको हो ।

नगर प्रमुख जीवन खत्रीले केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नु भएसँगै सेवा शुभारम्भ भएको हो ।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासका लागि स्थानीयको माग र आवश्यकतामा आधारित भई सेवा विस्तार गर्दै लगिएको बताउनुभयो ।

स्थानीय सरकार स्थानीयको घरदैलोको सरकार भएकाले स्थानीयको माग अनुसार तत्काल माग सम्बोधन गर्ने कार्य भइरहेको मेयर खत्रीले बताउनुभयो । मेयर खत्रीले सहरी स्वास्थ्य केन्द्र सदुप्रयोग गरि यसबाट स्थानीयबासीलाई भरमग्दूर लाभ लिन पनि आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नगरपालिकाले आफ्नै स्रोत, साधन र जनशक्तीलाई उपयोग गरेर सेवा संचालन गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिल कुमार सुवाल, वडा नंं ७ का वडाध्यक्ष श्याम कृष्ण नयाजू श्रेष्ठ सहित जनपप्रतिनिधिहरु । स्थानीयको सहभागिता थियो ।

सोही अवसरमा वडा नंं ७ न वडा कार्यालय र खुड्किलो नेपालको सह आयोजनामा निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर समेत संचालन गरिएको थियो ।