चाँगुनारायण नगरपालिकामा हरिबोधनी एकादशीको दिन सार्वजनीक बिदा, मेला भर्न आउने भक्तजनको लागि रुट तय

चाँगु : हरेक वर्ष कात्तिक शुल्क एकादशीको दिन चाँगुनारायण नगरपालिका वडा नंं ४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा लाग्ने हरिबोधनी एकादशीको मेलाको तयारी भब्य बनाइएको छ । मेलाको पूर्व सन्ध्यामा नगरपालिकाको नगर प्रहरीसहितको टोलीले मन्दिर परिसरमा सरसफाई गरेको छ ।

विगत वर्ष झै यो वर्ष पनि कात्तिक २७ गते मंगलबारको दिन पर्ने हरिबोधनी एकादशीको दिन नगरपालिकाभरि सार्वजनीक बिदा समेत दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले आइतबार एक बिज्ञप्ति जारी गर्नुहुँदै सो दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, आकस्मिक बाहेकका स्वास्थ्य संस्था र शैक्षीक संस्थाहरुमा सार्वजनीक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

नगर प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायण मन्दिरमा एकादशीको दिन हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। यो चार नारायणहरूमध्ये सबैभन्दा जेठो नारायण हो। यसको ठूलो महत्व छ। त्यसैले नपाले हरिबोधनी एकादशीको अवसर पारेर सार्जजनिक बिदा दिदै आएको बताउनुभयो ।

एकादशीको दिन ठूलो संख्यामा भक्तजनको आवागमन हुने भएकाले उक्त स्थानको सरसफाई, मोटर पार्किङ, भक्तजनहरूका लागि सहज दर्शनका लागि रुट समेत तय गरिएको प्रमुख खत्रीले बताउनुभयो ।

धार्मिक मेलामा भक्तजनहरुलाई मेला भर्न सहज होस भनेर नगरपालिकाले विभिन्न ठाउँबाट ७ वटा रुट तय गरिएको नगरपालिका प्रशासन शाखा प्रमुख सुरज पौडेलले जानकारी दिनुभयो ।

यस्तो छ रुट