चाँगुनारायण नगरपालिकाद्धारा उपप्रमुख उद्यमशील विकास कार्यक्रमका लागि २ करोड विनियोजीत

खरीपाटी: चाँगुनारायण नगरपालिकाले उपप्रमुख उद्यमशील विकास कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । बेरोजगार युवाहरुलाई लक्षित गरि उपमेयर उद्यमशील विकास कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको उपप्रमुख रमेश बुढाथोकीले बताउनुभयो ।

नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रमलाई केहि संशोधन गरी निरन्तरता दिएको छ । जसका लागि ३ करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको हो ।