चाँगुनारायण र सूर्यविनायक नगर प्रमुखबीच भेट, दमकल चाँडै संचालन गर्ने विषयमा छलफल

खरिपाटी: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री र सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाबीच भेटबार्ता भएको छ ।

चाँगुनारायण नगरपालिकाको कार्यालय खरिपाटीमा बुधबार भएको भेटमा आगलागनीका लागि प्रयोग गरिने दमकल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीसहित जनप्रतिनिधिहरुको छलफलले दमकल संचालन गर्नका लागि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई जिम्मेवारी दिने र लागत खर्च दुवै नगरपालिकाले आधा/आधा ब्यर्होने गरि दमकल प्रयोग गर्ने निर्णय भएको छ ।

दमकल आवश्यकता अनुसार जिल्लाका कुनै पनि ठाउँमा प्रयोग गर्न सकिने छ । दमकल यसअघि नै वारुण यन्त्र कार्यालयलाई हस्तान्तरण भइसकेको छ ।