भक्तपुर, १३ भदौ : सो–क्योकुशिन कराते शाखा डोजो मुहान पोखरीको आयोजनामा एकदिने ग्रीष्मकालीन सो–क्योकुशिन कराते प्रशिक्षण शिविर सम्पन्न भएको छ।

२०८३ साल भदौ १३ गते आयोजित प्रशिक्षण शिविरमा विभिन्न डोजोका गरी १०५ जना खेलाडीको सहभागिता रहेको थियो। बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको प्रशिक्षणमा खेलाडीहरूलाई करातेका विभिन्न विधा तथा प्राविधिक पक्षबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको सभापतित्व मुहान पोखरी डोजोका प्रमुख प्रशिक्षक करुणा राउत क्षेत्रीले गर्नुभएको थियो। प्रशिक्षणमा केन्द्रीय डोजो तथा सो–क्योकुशिन करातेका ब्रान्चिफ राजकुमार श्रेष्ठ, प्रशिक्षकहरू उमेश नगरकोटी, रामहरि खड्का तथा राज कुचिकारले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

शिविरमा विभिन्न डोजोका प्रशिक्षक गुरुहरूको समेत उपस्थिति रहेको थियो। खेलाडीहरूको सहजताका लागि खाना तथा खाजाको सम्पूर्ण व्यवस्था मुहान पोखरीमै गरिएको आयोजकले जनाएको छ।

एकदिने प्रशिक्षणले खेलाडीहरूमा नयाँ उत्साह, ऊर्जा र आत्मविश्वास थप्नुका साथै खेलकुदप्रतिको लगाव र अनुशासनलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।




