भक्तपुर, ४ भदौ : सूर्यविनायक नगरपालिका–८, सिपाडोल निवासी किरण थापा मगर बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्नु भएको छ। स्थानीय तहबाट राजनीतिक यात्रा अघि बढाउनुभएका थापाको काँधमा अब बागमती प्रदेशको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी आएको छ।

सामाजिक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका थापा सरल, सहज र मिलनसार स्वभावका नेताका रूपमा परिचित हुनुहुन्छ।

बोलीचाली र व्यवहारबाट सबैलाई सहज रूपमा जोड्न सक्ने तथा पार्टीगत सीमाभन्दा माथि उठेर विभिन्न पक्षलाई समेटेर अघि बढ्न सक्ने उहाँको खुबीलाई उहाँको राजनीतिक विशेषताका रूपमा लिइन्छ।

स्थानीयवासीका सुख–दुःखमा जोडिँदै सामाजिक गतिविधिमा समेत सक्रिय रहनुभएका थापाले सूर्यविनायक–८ सिपाडोलको स्थानीय नेतृत्वबाट प्रदेश सरकारको नेतृत्वसम्मको यात्रा तय गर्नुभएको हो।

अब आफ्नै ठाउँका स्थानीयवासीको काँधमा आएको बागमती प्रदेशको नेतृत्वको जिम्मेवारीले भक्तपुरवासीमा पनि उत्साह र गौरव थपिएको छ।

