भक्तपुर : शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गर्दै आएको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित ऋतम्भरा पाठशाला कलेजले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ।

एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई भव्य रूपमा बिदाइ गर्दै कलेजले फेयरवेल कार्यक्रम आयोजना गरेको छ। सोही अवसरमा विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धि र सफलताको उत्सवसमेत मनाइएको थियो।

यस वर्ष चाँगुनारायण नगरपालिकामै पहिलो पटक चार जिपिए प्राप्त गर्ने गौरवपूर्ण उपलब्धि यसै कलेजको नाममा दर्ज भएको छ। कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले विद्यार्थीहरूलाई सम्मान तथा उपहार प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रिन्सिपल जुनु बुढाथोकी ले विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय रूपमा अगाडि बढाउन शैक्षिक गतिविधिसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको बताउनुभयो।

कक्षा १२ तहमा व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालन गर्दै आएको कलेजले विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त मेहनतकै कारण यो ऐतिहासिक सफलता सम्भव भएको जनाएको छ।

कलेजले शैक्षिक सत्र २०८३/०८४ का लागि विशेष छुटसहित भर्ना खुला गरेको जनाएको छ।





k




