सेवा प्रवाहमा अवरोध पुर्‍याएको भन्दै भक्तपुर मालपोतबाट ११ जना पक्राउ, लेखापढी व्यवसायीहरूकाे विराेध

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुर ले ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। बुधबार भक्तपुर नगरपालिका–१० स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरभित्र प्रवेश गरी सेवा प्रवाहमा अवरोध पुर्‍याएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवा प्रभावित बनाएको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

निमित्त सूचना अधिकारी शुभेश अधिकारीले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनु भयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।