भक्तपुर : भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं. २ मा ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नं. २ मा उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका कबिर राणा, नेकपा एमालेका महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री रहेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापा, आम जनता पार्टीकी देवकुमारी शाह, उज्यालो नेपाल पार्टीका जितराम लामा पनि उम्मेदवार बनेका छन् ।

अन्य उम्मेदवारमा नेपालकालागि नेपाली पार्टीका राजेश बाडे, मंगोल नेशनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन बासु रहेका छन् । यस्तै, जसपा नेपालका नविन श्रेष्ठ, नेकपा (माओवादी) का प्रकाशराज ढुंगेल, त्रिमुल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी तथा नेपाल जनसेवा पार्टीकी जानुका पाठकले पनि उम्मेदवारी दिएका छन् ।

यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ र सुवर्ण थापा रहेका छन् । त्यस्तै साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मी बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की र मनोज लामाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका समेटिएको यस क्षेत्रमा करिब १ लाख ५ हजार मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका किरण न्यौपाने, नेकपा एमालेका सोमप्रसाद मिश्र, नेपाली कम्युनिष्ट पार्टीका हरिराम लबजु, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जितले उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीका अनुसार सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, आम जनता पार्टीका देवेन्द्र ठाकुर तथा उज्यालो नेपाल पार्टीका रमेश बल्लले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका इश्वरीप्रसाद पैयानी, मितेरी नेपाल पार्टीकी सावित्री न्यौपाने तथा नेपालकालागि नेपाली पार्टीका दिपक पोखरेल पनि उम्मेदवार बनेका छन् ।

यसै क्षेत्रमा जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) का चन्द्रमान कोजु, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, नेकपा संयुक्तका दामोदर काफ्ले तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजु पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा बालकृष्ण खाइतु, सुरेश कोजु, दशरथ थापा, राजु श्रेष्ठ, पुण्यराम सुवाल, सुदिप न्यौपाने, राजेश्वरी प्रजापति, विष्णुराम दमरु र सुजिता बुढाथोकी रहेका छन् । चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका समेटिएको यस क्षेत्रमा कुल १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् ।

