खरीपाटी : चाँगुनारायण नगरपालिकाले आगामी बुधबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नगरपालिकाको कार्यालय खरीपाटीमा आयोजना गरिन लागिएको हो ।
हाल उपत्यकामा रगतको अभाव तीव्र हुँदै गएको सन्दर्भमा नगरपालिकाले समाजप्रति उत्तरदायी पहलका रूपमा यो कार्यक्रम गर्न लागेको हो।
नगर प्रमुख जीवन खत्रीले इच्छुक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गर्न आग्रह गर्नुभएको छ। नगरपालिकाको यो पहलले नगरवासीहरूमा सहयोग, करुणा र सामाजिक उत्तरदायित्वको भावना फैलाउने अपेक्षा गरिएको छ।
