नगरकोट : एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच एक महत्वपूर्ण सहमति सम्झौता सम्पन्न भएको छ। बैंकको सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत नगरकोटको समुदायमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।
सम्झौता अनुसार, नगरकोट सामुदायिक होमस्टेले एनआईसी एसिया बैंकका ग्राहकहरूलाई १० प्रतिशत, कर्मचारीहरूलाई १२ प्रतिशत छुट प्रदान गर्नेछ। सहुलियत पाउनको लागि ग्राहक तथा कर्मचारीहरूले एनआईसी एसिया मोबाइल बैंकिङ एपमार्फत होमस्टेमा भुक्तानी गर्नु पर्नेछ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो साझेदारीले सामुदायिक पर्यटनको प्रवर्द्धन मात्र होइन, स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
नगरकोट सामुदायिक होमस्टे स्थानीय संस्कृति, आतिथ्यता र प्राकृतिक सौन्दर्यको अनुभव गराउने एक प्रसिद्ध गन्तव्य हो। यस किसिमको सहकार्यले आन्तरिक पर्यटन प्रबर्द्धनमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
