बाल्टिमोर: बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को निर्वाचनमा चाँगुनारायण नगरका सुशील खत्री सचिव पदमा निर्वाचीत हुन भएको छ ।
करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको खत्री सचिव पदमा निर्वाचीत हुनु भएको हो । चाँगुनारायण नगरपालिका वडा नंं ८ मा जन्मनु भएको खत्री अमेरिकाको नेपाली समुदायमा सक्रिय हुनुहुन्छ ।
‘हाम्रो बाना, राम्रो बाना’ बनाउने उद्देश्यका साथ निर्वाचनमा होमिनु भएको खत्रीले ९३९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । त्यस्तै, अध्यक्षमा जितेन्द्र गुरुगले १ हजार १६१ मत प्राप्त गर्दैं निर्वाचीत हुनु भएको छ । खत्री पनि जितेन्द्र टिममा रहनु भएको थियो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा जनक बहादुर थापा, उपाध्यक्षमा ब्रजेश महर्जन, महासचिवमा सलिन बस्नेत र कोषाध्यक्षमा सञ्जु डंगोल निर्वाचीत हुनु भएको छ ।
को -को भए विजयी र कसले कति मत पाए ?

