चाँगुनारायण नगरपालिकामा आइतबारदेखि लम्पी स्किन रोग विरूद्ध खोप अभियान सञ्चालन हुने

खरीपाटी : चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । पशुपन्छी विकास शाखाको आयोजनामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकाले गाई भैसीमा लाग्ने महामारी लम्पी स्किन रोग विरूद्ध निःशुल्क खोप कार्यक्रम १० गतेदेखि सञ्चालन हुने भएकोले तोकेका कर्मचारी तथा भ्याक्सिनेटरहरुसँग सम्पर्क गरी खोप लगाउनुहुन आग्रह गरेको छ ।