नेपाल इन्जिनियरिङ कलेजकाे कार्यवाहक प्राचार्यमा सह–प्राध्यापक मोहन धोजा के.सी. नियुक्त

दुवाकाेट, १२ साउन : चाँगुनारायण नगरपालिका–४ स्थित नेपाल इन्जिनियरिङ कलेजले सह–प्राध्यापक मोहन धोजा के.सी. लाई कार्यवाहक प्राचार्य नियुक्त गरेको छ।

यस अवसरमा कलेजले नवनियुक्त कार्यवाहक प्राचार्य मोहन धोजा के.सी.लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

साथै, कलेजले निवर्तमान प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारीप्रति उहाँको समर्पित नेतृत्व, उत्कृष्ट कार्यसम्पादन तथा संस्थाको शैक्षिक विकास र उत्कृष्टतामा पुर्‍याउनुभएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै हार्दिक आभार तथा बधाई व्यक्त गरेको छ।

नयाँ नेतृत्वमा नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक गुणस्तर र संस्थागत विकासलाई अझ सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।