चाँगुनारायणमा प्रथम त्रैमासिक परीक्षा साउन २१ गतेदेखि, कुन दिन कुन विषयको परीक्षा ?

भक्तपुर,१२ साउन : चाँगुनारायण नगरपालिकाले शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

परीक्षा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि सञ्चालन गरिनेछ। तालिकाअनुसार पहिलो बसाइँ बिहान १०:१५ देखि १२:१५ बजेसम्म र दोस्रो बसाइँ दिउँसो १२:४५ देखि ३:४५ बजेसम्म हुनेछ।

परीक्षामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, हाम्रो चाँगुनारायण तथा ऐच्छिक विषयहरूको परीक्षा सम्बन्धित कक्षाअनुसार सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

नगर परीक्षा समितिले सार्वजनिक गरेको तालिका अनुसार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सोही तालिकाबमोजिम परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।

साथै, कक्षा १ देखि ५ सम्मको पाठ्यक्रमले निर्धारण गरेबमोजिम अनिवार्य आन्तरिक मूल्याङ्कन गरी अभिलेख व्यवस्थित गर्न पनि विद्यालयहरूलाई आग्रह गरिएको छ।

नगरपालिकाले विद्यार्थी, अभिभावक तथा विद्यालयलाई परीक्षा तालिकाअनुसार आवश्यक तयारी गरी निर्धारित समयमा परीक्षा सञ्चालन तथा सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ।

तालिकाअनुसार परीक्षा यसप्रकार रहेको छ :
📅 साउन २१ गते (बिहीबार)
कक्षा ६ – नेपाली
कक्षा ७ – अङ्ग्रेजी
कक्षा ८ – नेपाली
कक्षा ९ – अङ्ग्रेजी
कक्षा १० – नेपाली
📅 साउन २२ गते (शुक्रबार)
कक्षा ६ – अङ्ग्रेजी
कक्षा ७ – विज्ञान तथा प्रविधि
कक्षा ८ – अङ्ग्रेजी
कक्षा ९ – नेपाली
कक्षा १० – अङ्ग्रेजी
📅 साउन २५ गते (सोमबार)
कक्षा ६ देखि १० सम्म – गणित
📅 साउन २६ गते (मंगलबार)
कक्षा ६ – सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
कक्षा ७ – नेपाली
कक्षा ८ – विज्ञान तथा प्रविधि
कक्षा ९ – विज्ञान तथा प्रविधि
कक्षा १० – विज्ञान तथा प्रविधि
📅 साउन २७ गते (बुधबार)
कक्षा ६ – स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला
कक्षा ७ – सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
कक्षा ८ – स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला
कक्षा ९ – सामाजिक अध्ययन
कक्षा १० – सामाजिक अध्ययन
📅 साउन २८ गते (बिहीबार)
कक्षा ६ – विज्ञान तथा प्रविधि
कक्षा ७ – स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला
कक्षा ८ – हाम्रो चाँगुनारायण
कक्षा ९ – ऐच्छिक दोस्रो
कक्षा १० – ऐच्छिक प्रथम
📅 साउन २९ गते (शुक्रबार)
कक्षा ६ – हाम्रो चाँगुनारायण
कक्षा ७ – हाम्रो चाँगुनारायण
कक्षा ८ – सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
कक्षा ९ – ऐच्छिक प्रथम
कक्षा १० – ऐच्छिक दोस्रो