भक्तपुरको लिवालीस्थित पुल हाउसमा प्रहरीको स्वीप अपरेसन, २६ जना नियन्त्रणमा

भक्तपुर, १ जेठ : जिल्ला प्रहरी कार्यालय भक्तपुरले पछिल्लो समय जिल्लाभित्र अनैतिक तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि कारबाही प्रक्रिया तीव्र पारेको छ।

सोही अभियानअन्तर्गत स्वीप अपरेसन सञ्चालन गर्दै भक्तपुर नगरपालिका–८ लिवालीस्थित एक पुल हाउसमा प्रहरीले छापा मारेको छ।

उक्त कारबाहीका क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार अनैतिक गतिविधि तथा कानुनविपरीतका कार्यहरू भइरहेका स्थानहरूमा निगरानी र कारबाहीलाई थप कडा बनाइएको छ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूबारे आवश्यक अनुसन्धान अघि बढाइएको र कानुनी प्रक्रिया अनुसार कारबाही गरिने जनाएको छ।