प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदनका लागि अघि बढाएको हो ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश भएपछि रिक्त रहेको पदमा शर्मालाई सिफारिस गरिएको हो ।

न्यायपरिषद्ले प्रस्ताव गरेका नाममध्ये प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोविता गौतम, सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुबिकुमारी ठाकुर शर्माको नाममा सहमत भएका हुन् ।

यसअघि न्यायपरिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।