हावाहुरीपछि अवरुद्ध नगरकोट सडक नगर प्रहरीको सहयोगमा खुल्यो, बृद्ध दम्पतीलाई राहत

खरिपाटी: सोमबार आएको हावाहुरीका कारण चाँगुनारायण नगरपालिका वडा नं. ५ अन्तर्गत खरिपाटी आर्मी ब्यारेक नजिक रूख ढल्दा नगरकोट सडक अवरुद्ध भएको थियो। लगत्तै खटिएको नगर प्रहरी टोलीले ढलेका रूख हटाएर सडक पुनः सुचारु गरेको छ।

त्यस्तै, वडा नं. ८ ठूली ब्रमायनीमा बसोबास गर्ने बृद्ध आमा–बुबाको घरको जस्ता हावाहुरीले उडाएपछि नगर प्रहरी टोली घटनास्थलमै पुगेर जस्ता मिलाइ तत्काल बस्न मिल्ने व्यवस्था मिलाएको छ।

नगर प्रहरीको तीव्र प्रतिक्रिया, समन्वय र मानवीय सेवाले विपद्को समयमा नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गरिएको छ।