काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरेका छन्। यसअघि शनिबारसम्म उनले सातवटा अध्यादेश जारी गरिसकेका थिए।
यसैबीच, सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति कार्यालयले पुनर्विचारका लागि फिर्ता पठाएको छ।
पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय, सार्वजनिक पदाधिकारी पदमुक्ति, सहकारी, सार्वजनिक खरिद तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अध्यादेशहरू समेत जारी भइसकेका छन्।


