भक्तपुरमा भोलि प्रमोद–दुर्गेशको सांगीतिक धमाका

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा चर्चित गायक प्रमोद खरेल र दुर्गेश थापा ले एकै मञ्चबाट प्रस्तुति दिँदै सांगीतिक माहोल तताउने भएका छन्।


भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको अवसरमा साँझ “भक्तपुर वाइल्ड फायर नाइट” आयोजना हुँदैछ। आयोजक औद्योगिक शान्ति नेपाल का अध्यक्ष सन्दिप महत का अनुसार, कार्यक्रममा दुर्गेशका ‘दुश्मन हेरेको हेरै’ लगायतका चर्चित गीतहरू र प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ।


अध्यक्ष महतका अनुसार, दुर्गेश र प्रमोद खरेल पहिलो पटक एउटै कन्सर्टमा देखिन लागेका हुन्, जसले स्थानीय दर्शकमा थप उत्साह सिर्जना गरेको छ। कार्यक्रममा प्रमोदका ‘झ्यालबाट हेर’ जस्ता लोकप्रिय गीतहरू पनि सुन्न पाइनेछ।

कन्सर्ट हेर्न चाहनेले Khalti लगायतका एपमार्फत २५० र ५०० रुपैयाँका टिकट खरिद गर्न सक्नेछन्।

विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको यस महोत्सवमा हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन्।