छालिङ, पौष ४: चाँगुनारायण नगरपालिका वडा नं. ५, छालिङ भक्तपुरमा सञ्चालित “महिला लक्षित कार्यक्रम” अन्तर्गत विभिन्न किसिमका सरसफाइ सामग्री उत्पादन सम्बन्धी ७ दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्काको प्रमुख आतिथ्यमा तथा वडा तथा कार्यपालिका सदस्य निर्मला के.सीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा सदस्य प्रभुराम थापा र सुरेश कार्की लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सरसफाइ सामग्री उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

यस कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने निर्मला के.सी. तथा सक्रियतापूर्वक सहभागिता जनाउने सम्पूर्ण प्रशिक्षार्थी महिलाहरूको योगदान प्रशंसनीय रहेको छ।

कार्यक्रमका आयोजकले सहभागी प्रशिक्षार्थी महिलाहरू आगामी दिनमा सफल उद्यमी बन्ने विश्वास व्यक्त गर्दै वडा कार्यालय परिवारप्रति आभार प्रकट गरेका छन् ।
