खरीपाटी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरणबारे चाँगुनारायण नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरणमा कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा HELVETAS नेपालका कार्यक्रम अधिकृत उमा पौडेल र मनोविद् कमल चौलागाईंले वैदेशिक रोजगारीको हालको अवस्था, श्रम स्वीकृति तथा वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने विभिन्न कल्याणकारी सेवाबारे विस्तृत प्रस्तुति प्रदान गर्नुभयो। साथै, वैदेशिक रोजगारका कारण उत्पन्न हुन सक्ने मनोसामाजिक चुनौती र त्यसको व्यवस्थापनबारे व्यावहारिक जानकारीसमेत सहभागीहरूलाई दिनुभयो।

कार्यक्रमको सञ्चालन अधिकृत सुरज पौडेलले गर्नुभएको थियो। प्रमुख प्रशासनिक अधिकृत मोहनकुमार श्रेष्ठले देशको रोजगार अवस्थाबारे प्रकाश पार्दै वैदेशिक रोजगारीमा जानु धेरैका लागि बाध्यता भए पनि सुरक्षित र व्यवस्थित रूपमा विदेश जाने प्रक्रियालाई अत्यन्तै महत्वपूर्ण बताउनुभयो। उहाँले नगरपालिकाभित्र रहेका विदेशिने तथा विदेशमा कार्यरत श्रमिकहरूको विवरण संकलन, सूचना प्रवाह र सहजीकरण गर्ने कार्य निरन्तर सुदृढ बनाइने जानकारी दिनुभयो।
कार्यक्रमको समन्वय नगरपालिका रोजगार संयोजक रीता जोशीले गर्नुभएको थियो।



