भक्तपुर (खरीपाटी) — चाँगुनारायण नगरपालिका–७, खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा शनिबार झझल्को बचत तथा ऋण सहकारी संस्था लि।ले आयोजना गरेको “बालभेला तथा एसईई सम्मान कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण ५३ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । बाल भेलामा सहकारीका २४८ जना बालबचतकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता शिक्षा उपसमिति संयोजक हरिप्रसाद कुइकेलले गर्नुभएको थियो। कार्यक्रममा सहकारीका अध्यक्ष प्रदीप कुमार केसी प्रमुख अतिथि तथा पूर्व अध्यक्ष मनोज गिरी विशेष अतिथिका रुपमा रहनु भएको थियो।

कार्यक्रममा सहकारीका उपाध्यक्ष सुरज बास्तोला, सचिव राजकुमार लामिछाने, सञ्चालक समिति, लेखा समिति, उपसमिति तथा कर्मचारीहरू पनि सहभागि हुनुहुनु भको थियो ।

समारोहमा बोल्दै प्रमुख अतिथि केसीले सहकारीले बालबचत अभियानमार्फत बालबालिकामा आर्थिक सचेतना र बचतको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो।

उहाँले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई निरन्तर मेहनत र लगनशीलताका साथ उच्च शिक्षा हासिल गर्न शुभकामना पनि व्यक्त गर्नुभयो।

शिक्षा उपसमिति संयोजक कुइकेलले विद्यार्थीहरूलाई आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकसित हुन सहकारीले खेल्ने भूमिकाको चर्चा गर्नुभयो।

कार्यक्रमले बालबालिकामा सहकारी, बचत र आर्थिक सशक्तीकरणप्रतिको चेतना विस्तार गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।











