आन्दोलन र तोडफोडपछि प्रहरीलाई काममा फर्किन समस्या

काठमाडौं । देशभर भएको आन्दोलन र तोडफोडका घटनापछि नेपाल प्रहरीले काममा फर्किन समस्या भएको जनाएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले भिडियो सन्देशमार्फत सो कुरा बताउनु भएको हो । आन्दोलनका क्रममा भएको आगजनी, तोडफोडले प्रहरीको भौतिक संरचना, उपकरण लगायतमा गम्भीर असर पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयहरू, सवारी साधनहरू र पोशाकसमेत जलेर नष्ट भएको उहाँले उल्लेख गर्नु भयो । आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयहरूको मर्मत र पुनर्निर्माणमा सर्वसाधारणले गरेको सहयोगप्रति प्रहरीले आभार व्यक्त गरेको छ ।

शान्ति र सुव्यवस्था कायम राख्न सधैं प्रतिबद्ध रहेको भन्दै प्रहरी महानिरिक्षक खापुङले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा सबै पक्षको एकता आवश्यक रहेको स्पष्ट पार्नु भयो ।