चाँगुनारायण, भदौ १६ – नेपाली काँग्रेस चाँगुनारायण नगरपालिका वडा नं.१ र ९ एक कार्यक्रमका बीच क्रियाशील सदस्यता प्रमाणपत्र वितरण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
भक्तपुर क्षेत्र नंं १ का क्षेत्रीय सभापति जीवन खत्री, चाँगुनारायण नगर सभापति शिवहरि केसीसहित विभिन्न नेताहरुको सहभागितामा सदस्यता प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा वडा नंं १ मा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री तथा कांग्रेस नेता सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सदस्यता वितरण गरिएको हो ।

त्यस्तै, बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भडेल, जिल्ला सचिव राजेश खडका, सहसचिव यादव प्रसाद अधिकारी, चाँगुनारायण नगर सचिव तथा वडा नंं १ का वडाध्यक्ष सिजन कार्की, महासमिचि सदस्य पुष्कर खत्री र मिरा बाग्लेलगायत सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा वडा तहका पार्टी नेताहरू, कार्यकर्ताहरू, समाजसेवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा क्रियाशील सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टीको संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

सो अवसरमा बोल्दै वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र सुशासन कायम गर्न काँग्रेस पार्टीको भूमिकालाई उल्लेख गर्दै आगामी दिनमा अझ संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। क्रियाशिल सदस्यता प्रमाण पत्र कार्ड बितरण संयोजक एवं क्षेत्रीय सचिव समुन्द्र थापाका अनुसार वडा नं. १ मा २७० र वडा नं.९ मा २५३ जनाको सदस्यता कार्ड वितरण गरिएको हो ।

अन्तरक्रिया सत्रमा सहभागीहरूले पार्टीभित्रका सुधारका आवश्यकता, संगठन विस्तारका रणनीति र स्थानिय तहमा पार्टीको भूमिका सम्बन्धी विभिन्न विचारहरू प्रस्तुत गरेका थिए भने कार्यक्रममा कार्यकर्ताहरुको राय सुझाव तथा गुनासो पनि सुन्ने काम गरिएको थियो ।






