कांग्रेस भक्तपुर क्षेत्र नं. १ द्वारा बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीलाई सम्मान

भक्तपुर, भदौ १ – बागमती प्रदेश सरकारमा हालै नियुक्त तीन जना मन्त्रीहरूलाई नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले एक औपचारिक कार्यक्रममार्फत बधाई तथा शुभकामना व्यक्त गरेको छ। कार्यक्रम कांग्रेस भक्तपुरका सभापती तथा संघीय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि थापा र भक्तपुर क्षेत्र नंं १ का सभापति तथा चाँगुनारायण नगरपालिकाका प्रमुख समेत रहनु भएको जीवन खत्रीले बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे र सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेललाई खादा, माला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

सोही अवसरमा चाँगुनारायण प्रदेशसभा सभापति जयन्द्र खड्का, चाँगुनारायण नगर सभापति शिवहरि केसीसहित जिल्लाभरिका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले समेत नवनियुक्त मन्त्रीहरूलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

सम्मानित मन्त्रीहरूले कांग्रेस पार्टीप्रति आभार व्यक्त गर्दै आफूहरूले पाएको जिम्मेवारी इमान्नदारी र जनउत्तरदायित्व भएर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सभापति थापा र क्षेत्रीय सभापति खत्रीले मन्त्रीहरूलाई जनताको अपेक्षा अनुसार काम गरि पार्टीको साख अझ उच्च बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा भक्तपुर जिल्लाभरका कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।