खरीपाटी : चाँगुनारायण नगरपालिकाले यही जेठ मसान्तसम्म आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्न आह्वान गरेको छ ।
बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले गैर सरकारी संघसंस्थाहरुलई यही जेठ मसान्तसम्म पेश गर्न एक सूचना जारी गर्नु भएको हो ।
सूर्यविनायक नगरपालिकाभित्र कार्यक्षेत्र भएका सम्पूर्ण गैर सरकारी संघसंस्थाहरुले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम यही मसान्तसम्म नगरपालिकाको आधिकारिक ईमेलमा पेश गर्न जारी सूचनामा उल्लेख छ ।



