चाँगुनारायण नगरपालिकामा ५० दिने सीप तालिम शूरु

हेल्मेटडाँडा : चाँगुनारायण नगरपालिकामा ५० दिने कार्यस्थलमा आधारित क्षमता विकास तथा जीवनउपयोगी सीप तालिम सञ्चालन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५० दिने तालिम संचालन गरिएको हो ।

तालिमको बुधबार एक कार्यक्रमकाबीच प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हुमेगाइँले तालिम पूरा अवधिभर नै सहभागि भई सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशासन अधिकृत सुरज पौडेलले नगरपालिकाले विभिन्न सीपमूलक र रोजगारीमूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख रिता जोशीका अनुसार तालिममा २० जना प्लम्बर २० जना ईलेक्ट्रिसियन गरि ४० जना सहभागि छन् ।