चाँगु: चाँगुनारायण नगरपालिका वडा नंं ४ मा छातीको एक्सरे सहितको क्षयरोगको स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । मंगलबार आयोजित शिवीरमा १८३ जनाको परिक्षण गरिएको छ ।
त्यस्तै, २३ जना क्षयरोगका शंकास्पद बिरामी फेला परेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न वडामा शिवीर संचालन गर्दै आएको छ ।
नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ नगरभरिका क्षयरोगीहरुको पहिचान तथा उपचार गर्ने कार्य गर्दै आइरहेको छ ।